28/04/2023
✍️ प्रणाली गलत छ भने दोषीलाई सप्रमाण कारवाहीको दायरामा ल्याउने हो। जुम्रा पर्यो भनेर टाउको नै काटेर फाल्ने हैंन!
=====================================
सबैको आँखा लागेको र नीति निर्माता तह देखि सबैतिरबाट सबैभन्दा बढी गिजोलिने, अपहेलित क्षेत्र मद्धे पुँजी बजार पनि एक हो। खुल्ला बजारमा खुल्ला नीतिको आवश्यकता पर्दछ। बजारलाई स्वतन्त्र रुपमा नछाडी सिन्डिकेट लाद्ने हो भने यसले सीमित वर्गलाई मात्र फाईदा पुर्याउने काम गर्दछ।
लामो समय देखिको लगानीकर्ताको आन्दोलन, लगानीकर्ताको साथै बजारको आकारमा वृद्धि सँगै आएको समग्र बजारको मागलाई सबै पक्षबाट बेवास्ता गरिँदै आएको छ। नयाँ स्टक एक्सचेन्ज, ब्रोकर संख्यामा वृद्धि लगायतका विषयहरुले लामो आरोह अवोहहरुलाई पार गर्दै अहिले आएर पूर्णता पाउन लागेको अवस्थामा पुन अवरोध सृजना गर्ने प्रयास भइरहेको छ।
धितोपत्र वोर्डले कार्यविधि परिवर्तन गरेर यसलाई मूर्त रूप दिने अवस्थाको अन्तिम चरणमा यस बिरुद्द सर्वोच्चमा मुद्दा दायर भयो। हाल सर्वोच्चले मुद्दा खारेज गरी धितोपत्र बोप्रणालीर्डको पक्षमा निर्णय गरे लगत्तै केही निहित स्वार्थी समुहले विभिन्न मीडिया प्रयोग गर्दै समग्र बजार र आम लगानीकर्ताको आकांक्षा विपरीत अफवाह फैल्याउने प्रयास गरेको देखिन्छ। यति सम्म त ठिकै थियो आज भोलि त लगातार जसो संसद भवनबाट केही माननीयज्युहरुले समेत यो विषयको बिरुद्दमा आवाजहरु उठाउँदै आएको देखिन्छ। अरु बेला यो विषयलाई लिएर चुईक्क नबोल्ने माननीयज्यूहरु विषय वस्तुले मूर्त रूप पाउनै लागेको अवस्थामा आएर गर्जनुलाई समग्र बजार र आम लगानीकर्ताले कुन रुपमा बुझ्ने? प्रणाली गलत छ भने दोषीलाई सप्रमाण कारवाहीको दायरामा ल्याउने हो। जुम्रा पर्यो भनेर टाउको नै काटेर फाल्ने हैंन।
यस विषयमा मेरो आग्रह "माननीयज्यूहरु आफूले नबुझेको, नजानेको कुनैपनि विषयमा नबोल्नुहोला। सम्बन्धित विषयको अध्यान गरेर, जानेर, बुझेर मात्र बोल्नुहोला। झन् अरूले लेखेर दिएको विषय अन्धधुन्द बाचन गर्ने काम त गर्दै नगर्नुहोस्, यसले तपाईंको उचाइलाई कालान्तरमा सयबाट सुन्यमा झारिदिनेछ।"
जय पुँजी बजार, जय लगानीकर्ता!✊
थैन्कु 🙏
Cp shiva chandra