17/05/2026
खबर Ni कंगोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य संगठन (WHO) ले अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ जनामा संक्रमणको शंका गरिएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्वास्थ्य संरचना र नियन्त्रण प्रयास चुनौतीपूर्ण बनेको छ।
स्वास्थ्यमन्त्रीका अनुसार इबोलाविरुद्ध हाल कुनै प्रभावकारी खोप उपलब्ध छैन, जसका कारण रोकथाम र उपचार दुवै कठिन बनेका छन्। विशेषज्ञहरूले यस रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेका छन्।
WHO ले आपतकाल घोषणा गर्दै प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सहायता, निगरानी र नियन्त्रण उपायहरू सुदृढ गर्न आह्वान गरेको छ।