Community Nature Cure Hospital, Nawalpur

Community Nature Cure Hospital, Nawalpur For your good health through naturopathy and yoga (drug less system)

13/08/2026

केबल एउटा मात्र उपचारबाट धेरैथरीका रोग निको हुने यस अस्पतालमा मैले पनि उपचार लिएँ। उपचारपछि स्वास्थ्यमा सकारात्मक परिवर्तन महसुस गरेको छु। मेरो अनुभवमा समय खेर नफाली एकपटक यहाँ आएर उपचार तथा परामर्श लिनुहोस्, उपचार लिए पछि स्वास्थ्यार्थीको अनुभव

12/08/2026

प्राकृतिक जीवनशैली कसरी अपनाउन सकिन्छ र प्राकृतिक उपचारको प्रभावकारिताबारे अस्पतालमा उपचाररत स्वास्थ्यार्थीहरुसँग भलाकुसारी गर्दै अस्पतालका महाप्रबन्धक हरि सापकोटा । स्वास्थ्यप्रति सचेतना र अनुभव आदान–प्रदानले सकारात्मक ऊर्जा थपिएको अनुभूति ।

जीवनको लामो कालखण्ड विभिन्न क्षेत्रमा बिताएका विशेषज्ञहरू जस्तै प्राकृतिक चिकित्सा, आयुर्वेदका विद्वान्, आधुनिक चिकित्सा...
11/08/2026

जीवनको लामो कालखण्ड विभिन्न क्षेत्रमा बिताएका विशेषज्ञहरू जस्तै प्राकृतिक चिकित्सा, आयुर्वेदका विद्वान्, आधुनिक चिकित्साका विशेषज्ञ, कृषिवैज्ञानिक, समाजशास्त्री, वातावरणविद्, अर्थशास्त्री र पूर्वप्रशासकलगायत थुप्रै विधा र पेशाका विद्वान्, विशेषज्ञ र जानकारहरू जब एउटै मञ्चमा एकत्र हुन्छन् तब त्यहाँ ज्ञानको अभूतपूर्व मन्थन सुरु हुन्छ ।

हाे , हामी अहिले केवल अभियानमा होइन, भविष्य निर्माणको यात्रामा छौं।
सेवानिवृत्त आदरणीय व्यक्तित्वहरूको ज्ञान, शिक्षा र अनुभवलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने एउटा सशक्त थलो निर्माण गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं।
अनुभवको मूल्य बुझ्दै, पुस्ता जोड्ने यो प्रयासमा सबैको साथ र सहयोग आवश्यक छ।
लेखका लागि हार्दिक आभार , प्राध्यापक देविभक्त ढकालज्यू ।

सभ्यताको विकासक्रमलाई नजिकबाट नियाल्दा के प्रष्ट हुन्छ भने मानव जातिको वास्तविक सामर्थ्य केवल भौतिक संरचनाको न...

11/08/2026

“सुरुमा ८३–८४ किलोको थिएँ, अहिले आफैंमा आएको परिवर्तन देख्न सक्छु।”
प्राकृतिक चिकित्सालयमा उपचारपछि आफूले अनुभव गरेको परिवर्तन सुनाउँदै उपचाररत स्वास्थ्यार्थीहरूलाई आफ्ना अनुभव बाँड्दै।

तीज गीतमार्फत सहभागि भै सन्देश फैलाऔँ! तीजको सांस्कृतिक उत्सवसँगै स्वस्थ खानपान, प्राकृतिक जीवनशैली र स्वास्थ्यप्रति जनच...
11/08/2026

तीज गीतमार्फत सहभागि भै सन्देश फैलाऔँ!
तीजको सांस्कृतिक उत्सवसँगै स्वस्थ खानपान, प्राकृतिक जीवनशैली र स्वास्थ्यप्रति जनचेतना फैलाऔँ।

चितवनस्थित गुरुकुल कलेजका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई योग तथा प्राकृतिक चिकित्सा र जीवनशैली सुधार सम्बन्धी महत...
11/08/2026

चितवनस्थित गुरुकुल कलेजका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई योग तथा प्राकृतिक चिकित्सा र जीवनशैली सुधार सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरिएको छ। सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका महाप्रबन्धक हरि सापकोटाद्वारा स्वस्थ जीवनका लागि प्राकृतिक उपायहरूको महत्वबारे विद्यार्थीहरूलाई सचेत र जानकारी गराउनुभएको थियो । ।

स्वास्थ्य तथा जीवनशैली सुधार र प्राकृतिक उपचार विधिको माध्यमबाट आम जनमानसमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले...
09/08/2026

स्वास्थ्य तथा जीवनशैली सुधार र प्राकृतिक उपचार विधिको माध्यमबाट आम जनमानसमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले नगरस्तरीय तीज गीत प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको छ।

यसै सन्दर्भमा देवचुली नगरपालिका अन्तर्गतका १७ वटै वडाका वडा अध्यक्षहरू, स्थानीय संघसंस्थाका प्रमुख प्रतिनिधिहरू तथा समाजसेवीहरूको सहभागितामा एक महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा चिकित्सालयका अध्यक्ष प्रदीपराज घिमिरे, उपाध्यक्ष कृष्णप्रसाद तिवारी, समितिका पदाधिकारीहरू, उपनिर्देशक डा. आजाद पुरी तथा महाप्रबन्धक हरि सापकोटाको उपस्थिति रहेको थियो।

छलफलमा सहभागीहरूले तीज गीतलाई सभ्य, भव्य र सन्देशमूलक बनाउनका लागि सकारात्मक सुझावहरू प्रस्तुत गर्नुभएको छ। प्रतियोगितालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

प्राकृतिक चिकित्सा, याेग र जिवनशैली सुधारका लागि.......
09/08/2026

प्राकृतिक चिकित्सा, याेग र जिवनशैली सुधारका लागि.......

09/08/2026

स्याङ्जाबाट उपचारका लागि आउनुभएका उहाँको अनुभव
उपचारका लागि आउँदा अरूको स्याहार–सुसार आवश्यक पर्ने अवस्था थियो। तर उपचारपछि अहिले आफ्नो स्वास्थ्यमा धेरै सुधार आएको उहाँ बताउनुहुन्छ।

प्राकृतिक उपचारमार्फत स्वास्थ्यमा सकारात्मक परिवर्तनको अनुभव गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोला।

09/08/2026

हामी आफ्नै सानो–सानो लापरवाहीका कारण आज ढाड दुख्ने समस्याबाट पीडित छौँ। कसरी सुधार गर्ने त ?

Address

Rajahar
Nawalpur
33000

Alerts

Be the first to know and let us send you an email when Community Nature Cure Hospital, Nawalpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Community Nature Cure Hospital, Nawalpur:

Shortcuts

Share