चापाकोट स्वास्थ्य चौकी, पोखरा-२३, कास्की

  • Home
  • Nepal
  • Pokhara
  • चापाकोट स्वास्थ्य चौकी, पोखरा-२३, कास्की

चापाकोट स्वास्थ्य चौकी, पोखरा-२३, कास्की This is the official page of chapakot health post, Pokhara, Kaski.

क्यान्सरबाट जोगिने ४ मुख्य उपाय-डा. कपेन्द्र शेखर अमात्य,वरिष्ठ क्यान्सर रोग विशेषज्ञका अनुसार 👇
03/09/2026

क्यान्सरबाट जोगिने ४ मुख्य उपाय
-डा. कपेन्द्र शेखर अमात्य,वरिष्ठ क्यान्सर रोग विशेषज्ञका अनुसार 👇

03/09/2026
बाढीजन्य विपदको समयमा अपनाउनुपर्ने स्वास्थ्य सम्बन्धी सावधानीहरु!
02/09/2026

बाढीजन्य विपदको समयमा अपनाउनुपर्ने स्वास्थ्य सम्बन्धी सावधानीहरु!

उच्च रक्तचाप (Hypertension) भएका बिरामीले कस्ता खानेकुरा नखाने / कम खाने ।
02/09/2026

उच्च रक्तचाप (Hypertension) भएका बिरामीले कस्ता खानेकुरा नखाने / कम खाने ।

HPV खोप सम्बन्धि  अभिमुखिकरण कार्यक्रम ।मिति २०८३/५/१७ गते पोखरा महानगरपालिका  २३भित्रका कक्षा ६ मा अध्ययनरत तथा विधालय ...
02/09/2026

HPV खोप सम्बन्धि अभिमुखिकरण कार्यक्रम ।
मिति २०८३/५/१७ गते पोखरा महानगरपालिका २३भित्रका कक्षा ६ मा अध्ययनरत तथा विधालय नजाने १० वर्षका किशोरीहरु लाइ लक्षित गरि पाठेघरको मुखको क्यान्सर विरुद्दमा HPV खोप यही भदौ महिनाको २२ गते देखि ३१ गते सम्म हरेक विधालयमा नै सञ्चालन हुदैछ । नजिकको स्वास्थ्य संस्थामा संपर्क गरि आफ्ना नानिहरुलाइ यो खोप लगाइ सुरक्षित गरौ ।

सम्पुर्ण मा नमस्कार ।सम्पुर्ण आमाबुवा, दाजुभाइ ,दिदि बहिनि,  टोल बिकास  सस्था ,आमा समुह, युबा क्लब , महिला सामुदायिक स्व...
25/08/2026

सम्पुर्ण मा नमस्कार ।
सम्पुर्ण आमाबुवा, दाजुभाइ ,दिदि बहिनि, टोल बिकास सस्था ,आमा समुह, युबा क्लब , महिला सामुदायिक स्वास्थ्य स्वम सेबिकाहरुले आ आफ्नो टोलमा प्रचार प्रसार गरि ब्यानरमा उल्लेखित निःशुल्क स्वास्थ्य शिविरमा भरपुर स्वास्थ सेवा लिनु हुन अनुरोध छ।
स्थान= सिद्ध बराह मा बि माझथुम
मिति= २०८३/५/१४ गते आइतबार
समय =बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म।

के तपाईंलाई थाहा छ? नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन छोड्न चाहनेहरूका लागि हेल्पलाइन ११३२ सञ्चालनमा छ।स्वास...
24/08/2026

के तपाईंलाई थाहा छ?
नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन छोड्न चाहनेहरूका लागि हेल्पलाइन ११३२ सञ्चालनमा छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस सेवाले सुर्तीजन्य पदार्थको सेवन घटाउन आवश्यक परामर्श, सहयोग र जनचेतना प्रदान गर्छ।
सुर्तीजन्य पदार्थमुक्त जीवनको यात्रा एक कलबाट सुरु गर्न सकिन्छ।

११३२ मा फोन गर्नुहोस्
सोमबार–शुक्रबार
बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म

प्रेस विज्ञप्तिजापानिज इन्सेफलाइटिसको जोखिमप्रति सतर्क रहन सबैमा अनुरोधकाठमाडौं, ७ भदौ २०८३ नेपालमा लामखुट्टेको टोकाइबाट...
23/08/2026

प्रेस विज्ञप्ति
जापानिज इन्सेफलाइटिसको जोखिमप्रति सतर्क रहन सबैमा अनुरोध

काठमाडौं, ७ भदौ २०८३
नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस रोगको संक्रमण तथा मृत्युको संख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क रही सुरक्षित रहन सबैमा अनुरोध छ। साथै उच्च ज्वरो, टाउको दुख्ने, बेहोस हुने, झट्का आउने वा चेतनामा परिवर्तनजस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफालि उपचारका लागि तत्काल नजिकैको स्वास्थ्य संस्था लैजान समेत अनुरोध छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जना प्रयोगशाला-पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन्। पुष्टि भएका बिरामीमध्ये ८६ प्रतिशतले जापानिज इन्सेफलाइटिस रोगविरुद्धको ‘जेई खोप” नलगाएको पाइएको छ । हालसम्म संक्रमितमध्ये २१ जनाको मृत्यु भएको छ। मृतक सबैले जेई खोप नलगाएको पाइएको छ।

जापानिज इन्सेफलाइटिस (JE) का केसहरू हाल देशका विभिन्न भू–भागमा पुष्टि भएका छन्। सबैभन्दा बढी केस झापामा १०, त्यसपछि कैलाली र मोरङमा ७/७, सप्तरी र कञ्चनपुरमा ६/६, तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा ५/५ केस रहेका छन्। केसहरू मुख्यतः तराई तथा भित्री मधेशका जिल्लाहरूमा केन्द्रित भए पनि इलाम, काभ्रेपलाञ्चोक, काठमाडौं, सिन्धुली, सुर्खेत लगायत पहाडी जिल्लाहरूमा समेत JE पुष्टि भएको देखिन्छ। मृत्युको दृष्टिले झापा सबैभन्दा प्रभावित जिल्ला रहेको छ, जहाँ १० केसमा ६ जनाको मृत्यु भएको छ ।

- कसरी फैलिन्छ जापानिज ईन्सेफलाईटिस?
जापानिज इन्सेफलाइटिस मुख्यतः संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्छ। पछिल्लो प्रतिवेदनअनुसार ८७ प्रतिशत जेईका केस तराईका जिल्लामा देखिएका छन्। धेरै बिरामीहरू धानखेत तथा सुँगुर पालन गरिने क्षेत्रमा बसोबास गर्ने पाइएको छ । संक्रमित जनावरहरू जस्तै सुङ्गुर, बङ्गुर, हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा मानिसमा भाइरस सर्न सक्छ। JE को संक्रमण भएका प्रत्येक ३ जनामध्ये १ जनाको मृत्यु हुने र १ जना दीर्घकालीन अपाङ्गता वा स्नायुसम्बन्धी समस्यासहित बाँच्न पर्ने तथ्याङ्क छ।

- कसलाई बढी जोखिम?
पछिल्लो तथ्यांकअनुसार ८० पुष्टि भएका केसमा ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमा ५० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा ८१ प्रतिशत रहेको छ। यस वर्ष हालसम्म पुष्टि भएका ८० केसमा पुरुष ४३ र महिला ३७ जना छन्। जेईका कारण २१ जनाको मृत्यु भएको छ र केस फ्याटालिटी रेट (CFR) २६ प्रतिशत रहेको छ।

- कस्ता लक्षणहरू देखिन्छन्?
जे.ई. रोग लाग्यो भने सुरुमा रुघा-खोकीमा जस्तै सामान्य प्रकारका लक्षण तथा चिन्हहरु देखिन्छन् । त्यसपछि निम्नानुसार गम्भिर प्रकारका लक्षण र चिन्हहरु देखापर्छन् :
• उच्च ज्वरो आउने, जाडो हुने, कम्पन आउने र धेरै नै टाउको दुख्ने ।
• वाकवाकी लाग्ने र वान्ता आउने ।
• झर्को मान्ने, वेसुर हुने, बर्बराउने, मुर्छा पर्ने र बेहोस हुने ।

- यस्ता लक्षण देखिए के गर्ने?
यस्ता लक्षण देखिएमा घरमै उपचार गरेर बस्नु हुँदैन। विरामीलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुर्‍याउनुपर्छ। समयमै अस्पताल पुर्‍याउन सकेमा जटिलता कम गर्न र ज्यान जोगाउन सकिन्छ। ढिलो उपचार पाएमा मस्तिष्कमा गम्भीर असर पर्नुका साथै मृत्युको जोखिमसमेत बढ्न सक्छ। समयमै अस्पताल पुर्‍याइएका कारण गम्भीर जटिलता र मृत्युबाट जोगिएका धेरै उदाहरणहरू छन्। त्यसैले, यस्ता लक्षण देखिएमा ढिला नगरी स्वास्थ्य संस्था वा अस्पताल पुगौँ।

- जापानिज इन्सेफलाइटिस रोग लाग्नबाट कसरी सुरक्षित हुन सकिन्छ ?
(क) लामखुट्टेको टोकार्इबाट बच्न सकेमा यो रोगबाट सुरक्षित हुन सकिन्छ । यसको लागि
• घरको झ्याल, ढोकामा जाली राख्ने ।
• घर वरीपरी पानी जम्ने खाल्डा-खुल्डी पुर्ने ।
• हात खुट्टा पूरै ढाकिने कपडा लगाउने ।
• झुलभित्र मात्र सुत्ने ।
• लामखुट्टे भगाउने धूप बाल्ने ।
• लामखुट्टेको टोकार्इबाट बच्न शरीरमा महलम लगाउने ।
(ख) जापनीज इन्सेफलाइटिस रोगबाट सुरक्षित हुन जे.ई. खोप लगाउने ।
• जे.ई. खोप १२ महिनाको उमेरका बालबालिकाहरूलाई लगाउने । यदि १२ महिनाको उमेरमा जे.ई. खोप लगाउन छुटेको भएमा, ५ वर्षको उमेरसम्मका बालबालिकालाई जे.ई. खोप लगाउने।

थप जानकारी हेल्लो स्वास्थ्यको टोल फ्रि नंवर १११५ मा फोन गरेर लिन सक्नुहुनेछ। Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Family Welfare Division PMO Nepal

Address

Kaski
Pokhara
23

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when चापाकोट स्वास्थ्य चौकी, पोखरा-२३, कास्की posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share