नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन, हिमालय आँखा अस्पताल, पोखरा

  • Home
  • Nepal
  • Pokhara
  • नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन, हिमालय आँखा अस्पताल, पोखरा

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन, हिमालय आँखा अस्पताल, पोखरा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)मा आबद्ध यूनियन।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको १७औ स्थापना दिवसको अवसरमा हिमालय आँखा अस्पतालमा मिति: २०८३ जेष्ठ ३१ गते आईतवा...
17/06/2026

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको १७औ स्थापना दिवसको अवसरमा हिमालय आँखा अस्पतालमा मिति: २०८३ जेष्ठ ३१ गते आईतवार स्थापना दिवस मानाइएको झलकहरु।

17/06/2026

१७औं स्थापना दिवस।

हिमालय आँखा अस्पतालको ३३औं वार्षिकउत्सवको अवसरमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन द्वारा खुल्ला रक्तदान कार्यक्र...
27/02/2026

हिमालय आँखा अस्पतालको ३३औं वार्षिकउत्सवको अवसरमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन द्वारा खुल्ला रक्तदान कार्यक्रम निम्न मिति,समय र स्थानमा आयोजना गरिएको हुदाँ "रक्तदान जीवन दान-जीवन दान महादान" पुण्य कार्यमा सहभागि भई रक्तदान गर्नका लागि हार्दिक अनुरोध गर्दछु।
धन्यवाद।
मिति: २०८२ फाल्गुन १७ गते, आइतवार
समय: बिहान ७:३० बजे
स्थान: हिमालय आँखा अस्पताल प्राङ्गण

मिति २०८२ माघ १४ गते हिमालय आँखा अस्पतालमा प्रशासन अधिकृत श्री हरि प्रसाद अर्यालज्यू को सम्मानमा एक औपचारिक विदाई कार्यक...
28/01/2026

मिति २०८२ माघ १४ गते हिमालय आँखा अस्पतालमा प्रशासन अधिकृत श्री हरि प्रसाद अर्यालज्यू को सम्मानमा एक औपचारिक विदाई कार्यक्रम सम्पन्न गरिएको छ।
नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखरामा मिति २०४९/०८/०१ देखि अस्पतालमा निष्ठापूर्वक सेवाप्रदर्शन गर्दै आउनुभएका तथा मिति २०८२/१०/०१ सम्म अनवरत ३३ वर्ष सेवा पश्चात यस युनियनका सल्लाहकार श्री हरि प्रसाद अर्यालज्यूले स्वैच्छिक अवकास लिनु भएकोमा सक्रिय जीवन, सुखमय, सु-स्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गर्दछौं। 🎉🎉🎉
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन, हिमालय आँखा अस्पताल, पोखरा परिवार।

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखरामा अनवरत ३३ वर्ष सेवा पश्चात अनिवार्य अवकास हुनु भएका यस युनियनका निर्वतम...
02/12/2025

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखरामा अनवरत ३३ वर्ष सेवा पश्चात अनिवार्य अवकास हुनु भएका यस युनियनका निर्वतमान अध्यक्ष प्रेम कुमार नकर्मीज्यू सेवानिवृत्त हुनु भएकोमा सक्रिय जीवन, सुखमय, सु-स्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गर्दछौं। 🎉🎉🎉
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन, हिमालय आँखा अस्पताल, पोखरा परिवार।

मिति २०८२ असोज ३० गते बिहीवारका दिन नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन...
18/10/2025

मिति २०८२ असोज ३० गते बिहीवारका दिन नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पोखरा द्वारा आयोजना गरिएको नेपालीहरूको महान चाड शुभ दिपावली, छठ,नेपाल सम्वत् र ल्होसार पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम अस्पतालका डिपुटी मेडिकल डाइरेक्टर डा. हरमाया गुरुङ्गको अध्यक्षतमा नेपाल नेत्रज्योति संघ केन्द्रिय सदस्य एबं जिल्ला शाखा कास्कीका उपाध्यक्ष तथा हिमालय आँखा अस्पताल ब्यवस्थापन समिति सदस्य डा.नन्द श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कास्कीका सदस्य रमाकान्त बराल साथै जनक राज पराजुली उपस्थिती रहेको उक्त कार्यक्रम डा.नन्द श्रेष्ठले उद्घाटन गर्नु भएको थियो उक्त कार्यक्रममा उपस्थित कर्मचारी लगायत सम्पूर्णलाई नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन हिमालय आँखा अस्पतालका अध्यक्ष गोविन्द नाथ योगीले स्वागत एबं शुभकामना मंतव्य दिनु भएको थियो। रमाकान्त बराल,जनक राज पराजुलीले शुभकामना दिनु भएको उक्त कार्यक्रम अस्पताल ब्यवस्थापक कुमार गर्बुजाले संचालन गर्नु भएको थियो।कार्यक्रममा अस्पतालका नेत्र रोग विशेषज्ञ,विभागीय प्रमुख र सम्पूर्ण कर्मचारीहरुको उल्लेखिय उपस्थितीमा कार्यक्रम सम्पन्न भयो।

मिति २०८२ असोज ३० गते, मणिपाल शिक्षण अस्पातलमा कार्यरत नर्सहरुले गरिरहेको आन्दोलनमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यु...
18/10/2025

मिति २०८२ असोज ३० गते, मणिपाल शिक्षण अस्पातलमा कार्यरत नर्सहरुले गरिरहेको आन्दोलनमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन केन्द्रिय कमिटी र हिमालय आँखा अस्पताल प्रतिष्ठानको तर्फवाट वार्ता संबाद र छलफलको माध्यमबाट माग संबोधन गर्नको लागि व्यवस्थापनलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरियो ।

नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पताल पोखरामा अनवरत २७ वर्ष सेवा पश्चात अनिवार्य आवकास हुनु भएका यस युनियनका सदस्य ...
25/07/2025

नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पताल पोखरामा अनवरत २७ वर्ष सेवा पश्चात अनिवार्य आवकास हुनु भएका यस युनियनका सदस्य श्री तुलसी कुमारी ढकाल ज्यू सेवानिवृत्त हुनु भएकोमा सक्रिय जीवन, सुखमय, सु-स्वास्थ्य र दिर्घायुको शुभकामना व्यक्त गर्दछौं। 🎉🎉🎉
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन, हिमालय आँखा अस्पताल, पोखरा परिवार।

15/06/2025

१६औं स्थापना दिवस।

१६औं स्थापना दिवसको तस्बिरहरू...
14/06/2025

१६औं स्थापना दिवसको तस्बिरहरू...

Address

Gandaki Province, Pokhara/17, Kaski
Pokhara
33800

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन, हिमालय आँखा अस्पताल, पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share