Rana Avian Natural Therapy Centre

Rana Avian Natural Therapy Centre Our services integrate healthy lifestyle, nutritional supplements, physical exercise and health counseling. Visit us to get maximum benefits.

07/04/2019

बिश्व स्वास्थ दिवसको हार्दिक शुभकामना ।

22/03/2019

धेरैलाई सताउने Piles (पाइल्स) के हो?

मलद्वारभित्र र वरिपरि रक्तसिराहरु हुन्छन्। यी रक्तसिराहरु सुन्निने, मासु पलाएझैं ठूलो हुने समस्यालाई अर्स अर्थात् पाइल्स भनिन्छ। यो भित्री र बाहिरी गरी दुई प्रकारको हुन्छ। मलद्वारभित्र हुने अर्समा दिसा कडा हुँदा घाउ भई दुखाइरहित मलद्वारबाट रगत जाने हुन्छ। ठूलो हुदै जाँदा दिसा बस्दा त्यो मासु बाहिर आउने, सुरुसुरुमा आफैं भित्र जाने, पछिपछि औंलाले धकेल्नुपर्ने वा बाहिर नै बसीराख्ने पनि हुन्छ। बाहिरी अर्स÷पाइल्स भने मलद्वार वरिपरिका सिराहरु सुन्निएर हुने गर्दछ।

विशेषगरी माछा, मासु, अण्डा, जाँडरक्सी, चुरोट, मर मसला, गुरु भोजनको अत्यधिक सेवनका कारण कब्जियत हुन सक्छ। त्यसैले कब्जियत गराउने यी खानेकुराका साथै मरिच, अदुवा, खुर्सानी, चिल्लो पिरो, मैदा परिकारहरु जस्तै मम, चाउमिन, बिस्कुट, दही, केरा, पिंडालु, अनार, चिउरा, कालो दाल, सुपारी, पान, बाहिरी खानेकुरा, तैलीय पदार्थ, चिसो पेय पदार्थ, चिया कफी आदिको सेवन नगर्ने वा गर्नै परे एकदम कम मात्रामा गर्नुपर्छ।

त्यस्तै प्रशस्त पानी, झोलपदार्थ, हरियो सागपात, सलाद (काँक्रो, मुला, गाजर आदि), आटाको रोटी, रहर, मुँगको दाल, तररहित दूध, फलफूल आदि सेवन गर्नुपर्छ।

मोटोपना घटाउन ध्यान दिनु पर्ने कुराहरु :- चिनी र चिनीबाट बनेका परिकार नखाने ।- घ्यू, बटर, बोसो नखाने ।- चिल्लोमा फ्राइ ग...
26/02/2019

मोटोपना घटाउन ध्यान दिनु पर्ने कुराहरु :

- चिनी र चिनीबाट बनेका परिकार नखाने ।
- घ्यू, बटर, बोसो नखाने ।
- चिल्लोमा फ्राइ गरेको खाना नखाने ।
- खाने तरकारीमा जति सक्यो कम तेल हालेर पकाउने ।
- खाना खानु भन्दा अगाडी १ कटौरा हरियो सलाद खाने ।
- बेलुकीको खानामा २ पिस रोटी, दाल १ कटौरा, हरियो सागसब्जी र सलाद खाने ।
- शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने जस्तैः १ घण्टा हिंड्ने, खेतबारीमा काम गर्ने, खेलकूदमा भाग लिने, पौडी खेल्ने ।
- प्रशस्त मात्रामा पानी पिउने ।
- भोक लाग्दा फलफूल खाने । (केरा र आँप बाहेक)
- धूमपान, मद्यपान, सूर्तिजन्य पदार्थको सेवन नगर्ने । जस्तैः रक्सी, चूरोट, खैनी, पान, सूर्ती, बिडी आदि ।
- योग-ध्यान, प्राणायाम गर्ने र तनावमुक्त जिवन जिउने ।
- दैनिक ६ देखि ८ घण्टा सुत्ने ।
- बिहान उठ्ने बित्तिकै २ गिलास मन तातो पानी पिउने ।

यस्ता छन् Green Tea (ग्रिन टी) पिउँदा हुने सात फाइदा१. ग्रिन टी दैनिक रूपमा पिउँदा मोटोपन घटाउँछ र तौल नियन्त्रण गर्छ ।२...
24/02/2019

यस्ता छन् Green Tea (ग्रिन टी) पिउँदा हुने सात फाइदा

१. ग्रिन टी दैनिक रूपमा पिउँदा मोटोपन घटाउँछ र तौल नियन्त्रण गर्छ ।
२. मधुमेह ( Diabetes) हुने सम्भावनालाई कम गराउँछ, यसले इन्सुलिन नियन्त्रण गर्छ, रगतमा चिनीको मात्रा पनि कम गराउँछ ।
३. एक अध्ययनका अनुसार ग्रिन टीले दिमागको Cells (कोषिका)लाई टुट्नबाट बचाउँछ, यसले Alzheimer (अलजाइमर) र Parkinsons (पार्किन्सन)को खतरा कम हुन्छ ।
४. ग्रिन टी मा Catechin antioxidant (केटेचिन) नामको एन्टिअक्साइड हुन्छ, जसले घाँटी तथा दाँतमा हुने संक्रमणबाट बचाउँछ ।
५. यसले अनावश्यक तनावबाट मुक्ति दिन्छ ।
६. ग्रिन टीले अनुहारमा सौन्दर्य थप्छ र चकम दिलाउँछ ।
७. यसले ब्लडप्रेसर नियन्त्रण गर्छ, साथै मुटुका बिरामीलाई हृदयघातको सम्भावना कम गराउँछ ।

हाम्रो यस Rana Avian Natural Therapy Centre मा १००% नेचुरल अर्गानिक Green Tea उपलब्ध छ

के तपाइँ Blood Pressure High बाट पिडित हुनुहुन्छ ? उच्च रक्तचाप भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु :- नून र चिल्लो पदार्...
20/02/2019

के तपाइँ Blood Pressure High बाट पिडित हुनुहुन्छ ?
उच्च रक्तचाप भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु :
- नून र चिल्लो पदार्थको सेवन कम गर्ने ।
- धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि
- मोटोपना घटाउने ।
- दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिंड्ने ।
- गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने
- दिनदिनै फलफूल खाने ।
- गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर आदि मिसाएको सलाद दैनिक खाने ।
- ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने ।
- नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने ।

पक्षघात ( Paralysis ) भनेको के हो? पक्षघात स्नायु प्रणालीसगं सम्बन्धित एउटा कष्टदायक रोग हो । मस्तिष्कको कुनै भागमा रक्त...
19/02/2019

पक्षघात ( Paralysis ) भनेको के हो?
पक्षघात स्नायु प्रणालीसगं सम्बन्धित एउटा कष्टदायक रोग हो । मस्तिष्कको कुनै भागमा रक्तप्रवाह हुन नसकेमा त्यो भाग निस्क्रिय हुन्छ । त्यस भागले नियन्त्र गर्ने शरीरको अगं समेत निस्क्रिय हुन्छ । त्यसलाई पक्षाघात र अंग्रेजी भाषामा प्यारलाईसीस भनिन्छ ।
पक्षघात भएको भागमा सेन्सेसन अर्थात अनुभुति हुन बन्द भईहाल्छ । यो रोग प्रायगरी प्रौढ आयु पछि नै हुने सम्भावना रहन्छ । तर यो रोग हुने किसिमको वातावरण वा परिस्थितिहरु युवा अवस्थाबाट नै बन्न थाल्छ ।
आहार-विहार, आचरण र विचार, मादक पदार्थको सेवन, व्यायामरहित जीवनशैलीको कारणले गर्दा शरीरको स्नायु प्रणाली बिस्तारै-बिस्तारै कामजोर हुन थाल्छ । यसबाहेक अति दौड-धुप गर्नु, क्षमता भन्दा बढी शारीरिक परिश्रम या व्यायाम गर्नु, उच्च रक्तचापको कारण पनि स्नायुप्रणालीमा असर पर्दछ ।

पक्षघात हुनु अघि देखिने लक्षणहरु:
- पक्षघात हुने अंग झम-झम गर्छ र चिलाउँछ । त्यस अगंको स्नायु कमजोर हुन्छ र त्यो भाग अचेत हुन थाल्छ । उत्साह मर्दै जान्छ, भोक, निन्द्रा का साथै रुचि समेत मर्दै जान्छ ।

Pic: Purna Bdr Bhujel

बाथ भनेको के हो? बाथ एक प्रकारको दीर्घ रोग हो। यो (Auto Immune Disease) अटोइम्युन डिजिज हो, अर्थात् शरीरमा आफ्नो रक्त को...
12/02/2019

बाथ भनेको के हो?

बाथ एक प्रकारको दीर्घ रोग हो। यो (Auto Immune Disease) अटोइम्युन डिजिज हो, अर्थात् शरीरमा आफ्नो रक्त कोषले आफ्नै अंगलाई खराब गर्ने रोग हो।
सामान्य जनमानसमा बाथ भन्नेबित्तिकै युरिक एसिड नै हो भन्ने गलत बुझाइ छ। सबै बाथरोग युरिक एसिड होइन। युरिक एसिडको बाथ महिलामा भन्दा पुरुषमा बढी देखिन्छ। हाम्रो शरीरलाई युरिक एसिड जरुरी छ। युरिक एसिड अलिकति बढी हुँदैमा औषधि खानु पर्दैन। युरिक एसिडले असर गर्न थालेको छ भने मात्र चिकित्सकको सल्लाहमा औषधि खानुपर्छ। तर मानिसहरु युरिक एसिड अलिकति बढ्नेबित्तिकै आँफै औषधि किनेर खान थाल्छन्, त्यो गलत हो।
अहिलेसम्म सयभन्दा बढी प्रकारका बाथ रोग पत्ता लागिसकेका छन्। तीमध्येको एउटा रोग युरिक एसिड हो।

06/02/2019

कोलेस्टेरोल भनेको के हो ? कसरी बढ्छ ?
- कोलेस्टेरोल रगतमा भएको बोसो ( लिपिड ) को एक प्रकार हो । यसको उत्पादन कलेजोमा हुन्छ र रगतको माध्यमबाट कोषहरू सम्म पुग्दछ । कोलेस्टेरोल आवश्यकता छ तर रगतमा आवश्यकता भन्दा बढी मात्रामा रहेमा यसले शरीरलाई नराम्रो असर गर्दछ ।
आवश्यकता भन्दा बढी कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ । यसरी कोलेस्टेरोलको कारणले धमनी बन्द हुन् गएमा वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने (ऐँठन हुने ) तथा पक्षघातजस्ता समस्या देखापर्न शुरु गर्दछ ।
बेलैमा सावधानी अपनाउन सकिएन भने यसले जटिल अवस्था निम्त्याउन सक्छ । जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुन सक्छ ।

कोलेस्टेरोल दुई प्रकारका हुन्छन् ।
एलडीएल ( LDL) र एचडीएल ( HDL) । एलडीएल कोलेस्टेरोललाई नराम्रों मानिन्छ भने एचडीएललाई राम्रों मानिन्छ । किनकी रगतमा एलडीएल कोलेस्टेरोलको मात्रा बढी छ भने छ भने हृदयघात तथा स्ट्रोकको जोखिम बढी हुन्छ ।

कोलेस्टेरोल नाप्न किन जरुरी छ ?
कोलेस्टेरोल स्वयंमा बिरामीको रुपमा नदेखिने भएता पनि यसको साथमा ब्लडप्रेसर, डायबिटिज, उमेर, लिंग, जात, धुम्रपान गर्ने-नगर्ने जस्ता कुराहरुबाट सम्बंदित व्यक्तिलाई हृदयघात, स्ट्रोकको खतराको स्तर निकाल्नको लागि यसको जाच गर्न जरुरी छ ।

कोलेस्टेरोलको मात्रा के ले बढाउछ ?
- धेरै बोसो, ट्रान्स बोसो तथा कोलेस्टेरोलको मात्रा खानाले , दैनिक शारीरिक अभ्यास वा कसरत नर्गनाले पनि यस्तो समस्या बढ्दै जान्छ ।
तौल बढ्दा शरीरमा भएको राम्रों कोलेस्टेरोल घट्दै जान्छ र नराम्रो बढ्दै जान्छ ।

पारिवारिक पृष्ठभूमि : - तपाईँको परिवारमा कसैलाई कोलेस्टेरोल छ भने तपाईँलाई पनि हुने सम्भावना बढी हुन्छ । साधारणतया २० बर्षको उमेर पश्चात नराम्रो कोलेस्टेरोल बढ्न सक्दछ ।

कोलेस्टेरोलको रिपोर्ट कसरी थाहा पाउन सकिन्छ ?
- कोलेस्टेरोलको स्तर बढेको बिरामीले महसुस गर्दैन । रगत परीक्षण गराउनु नै कोलेस्टेरोलको स्तर थाह पाउने तरिका हो । रगत परीक्षण पश्चात आएको रिपोर्टलाई विभिन्न श्रोतमा बताइए अनुसार निम्नानुसार विभाजन गरि बुझ्न सकिन्छ; यस सम्वन्धी बिस्तृत निर्क्यौल गर्ने काम भने सम्बंदित डाक्टरले गर्नेछन ।

कुन अवस्था कति खतरनाक ?

Total Cholesterol :

२०० mg./dl भन्दा कम – सन्तोषजनक अबस्था
२०० देखि २३९ mg/.dl – खतरा शुरु हुन लागेको
२४० mg./dL m वा बढी – खतरनाक अबस्था

LDL Cholesterol :

LDL को मात्राले हृदयघातको खतरालाई Total Cholesterol भन्दा राम्रोसँग प्रतिविम्बित गर्छ ।

१०० mg/.dl भन्दा कम – सन्तोषजनक अबस्था
१०० देखि १२९ mg/.dl – खतरा शुरु हुन लागेको
१३० mg/.dl वा बढी – खतरनाक अबस्था

HDL Cholesterol :

सामान्यतया महिलामा ५०–६० mg/dl र पुरुषमा ४०–५० mg/dl हुनुपर्ने मान्यता छ। HDL कम भएमा हृदयघातको खतरा बढ्छ।
४० mg./dl भन्दा बढी – सन्तोषजनक अबस्था
४० mg/dl नरमी भन्दा कम – खतरनाक अबस्था

यसबाट जोगिनको लागि बेलैमा रगत परीक्षण गराई ढुक्क हुनुहोस । त्यस्तै तपाईँले तपाईँले दैनिक शारीरिक अभ्यास वा योगा गर्ने, बोसो रहित खाना खाने, धुम्रपान नगर्ने, शरीरको तौल बढ्न नदिई कोलेस्टेरोलको खतराको रोकथाम गर्न पनि सक्नुहुन्छ ।

[ Rana Avian Natural Therapy Centre ]

आजको दोस्रो चरण को थेरापि सेशनमा आउनु भएको बृद्द जनहरु ।
03/02/2019

आजको दोस्रो चरण को थेरापि सेशनमा आउनु भएको बृद्द जनहरु ।

Glimpse of yesterday's opening day. The experience was one of the best and fruitful. The best part was health awareness ...
03/02/2019

Glimpse of yesterday's opening day. The experience was one of the best and fruitful. The best part was health awareness and counceling. Everybody get benefits . There will be another session today also. You are more than welcome.

Dear Friends Yes, this system exist!    >> FOOT SPA DETOX MACHINE
01/02/2019

Dear Friends
Yes, this system exist!

>> FOOT SPA DETOX MACHINE

Address

Chhorepatan-17, Amale Marg
Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+977 61-461313

Website

Alerts

Be the first to know and let us send you an email when Rana Avian Natural Therapy Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rana Avian Natural Therapy Centre:

Share