Apollo Hospitals Information Center Pokhara

Apollo Hospitals Information Center Pokhara Tel: 061545484
Mob: 9856078484
Pokhara 12, Hospitalchowk, Ramghat

22/09/2025
Grab the opportunity to work with us..
16/03/2025

Grab the opportunity to work with us..

युआरएल हेल्थ केयरमा अपोलोका सेवापोखरा, १३ फागुनयुआरएल हेल्थ केयर प्रालि पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि भार...
02/03/2025

युआरएल हेल्थ केयरमा अपोलोका सेवा
पोखरा, १३ फागुन
युआरएल हेल्थ केयर प्रालि पोखरा–१२, हस्पिटल चोकमा गण्डकी प्रदेशका लागि भारतको अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना भएको छ । युआरएलले खोलेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर आगामी शनिबार औपचारिक रुपमा उद्घाटन गरिँदै छ ।
भारतको सर्वाेत्कृष्ट हस्पिटलमा पर्ने अपोलोले भारतभर छ दर्जनभन्दा बढी हस्पिटल चलाएको छ । अपोलो ग्रुपले सञ्चालन गरेको यी हस्पिटलमा बर्सेनि ठूलो संख्यामा नेपाली उपचारका लागि जाने गरेका छन् । नेपालबाट क्यान्सर, मुटुरोग, कलेजो रोग, आन्द्राका समस्या, बाथ जस्ता रोगका जटिल प्रकृतिका समस्या भएका बिरामी जान्छन् ।
अपोलोमा उपाचारका लागि जार्नैपर्नेलाई आवश्यक सहजीकरण गर्न र कतिपय सेवा यही उपलब्ध गराउन इन्फर्मेसन सेन्टर खोलिएको हेल्थ केयरका अध्यक्ष गणेशप्रसाद कोइरालाले जानकारी दिए । ‘उपचारका लागि जानैपर्ने बिरामीलाई यहाँबाट कसरी जाने, केके तयारी गरेर जाने सल्लाह दिन्छौं, यहीबाट डाक्टरको एप्वाइन्टमेन्ट बुकिङ गर्न मिल्छ,’ उनले भने, ‘उपचारपछि आवश्यक औषधी यही उपलब्ध गराउँछौँ ।’
फलोअपका लागि अपोलो नै जानुपर्ने झन्झट कम गर्न टेलिमेडिसिन सेवासमेत यही उपलब्ध हुनेछ । अध्यक्ष कोइरालाले भने, ‘यही परिवारसहित बसेर विशेषज्ञसँग छलफल गरी परामर्श र उपचारको सेवा पनि दिन्छौँ । त्यसका लागि ठूलो स्क्रिन र छुट्टै कक्षको व्यवस्था छ ।’ हेल्थ केयरका सल्लाहकार ठाकुरप्रसाद पन्तले नेपालमा उपचार सम्भव नहुने खालका क्यान्सर, बाथ, मुटुरोग, निसन्तानपन लगायतका सेवा अपोलोमा सहज तवर लिन सघाउने सूचना केन्द्र खोलिएको उल्लेख गरे । ‘नियमित रुपमा पोखराका विशेषज्ञ चिकित्सकको सेवासहित बेला बेलामा काठमाडौंका विशेषज्ञको सेवा हेल्थ केयरमा उपलब्ध हुनेछ,’ पन्तले भने, ‘आवश्यकताअनुसार अपोलोकै विशेषज्ञहरुलाई निम्त्याएर यही सेवा दिने योजना पनि छ ।’
युआरएल हेल्थ केयर र अपोलो इन्फर्मेसन सेन्टर उद्घाटनको अवसरमा शनिबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा ख्यातिप्राप्त क्यान्सर रोग विशेषज्ञसहितको चिकित्सक टोलीले सेवा दिनेछ । हेल्थ केयरका अध्यक्ष कोइरालाले सो दिन चिकित्सकको परीक्षण शुल्क नलाग्ने र अरु सबै प्रकारका परीक्षणमा समेत २० प्रतिशत छुट दिइने जानकारी दिए ।
प्राविधिक सीप तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त गरी नर्सिङ काउन्सिल, मेडिकल काउन्सिल लगायतका स्वास्थ्यका अनुमतिपत्र परीक्षाका तयारी कक्षासमेत यहाँ सञ्चालन गरिने भएको छ । केयर गिभरको तालिमसमेत यसले सञ्चालन गर्ने छ । हेल्थ केयरभित्रै फार्मेसी र डेन्टल सेवा पनि उपलब्ध छ ।

Proud moment for URL Health Care Pvt. Ltd. to officially inaugurate the Apollo Hospitals Informaton Center, Pokahra in c...
02/03/2025

Proud moment for URL Health Care Pvt. Ltd. to officially inaugurate the Apollo Hospitals Informaton Center, Pokahra in colloboration with Dugar Health Care. Thank you all our well wishers, service seekers, family, boardmembers, staffs, partners for your presence to make this moment precious and successful

एपोलो हस्पिटल इन्फरमेशन सेन्टर, पोखरा (Apollo Hospitals Information Center, Pokhara) तथा यु.आर.एल. हेल्थ केयर प्रा. लि. ...
18/02/2025

एपोलो हस्पिटल इन्फरमेशन सेन्टर, पोखरा (Apollo Hospitals Information Center, Pokhara) तथा यु.आर.एल. हेल्थ केयर प्रा. लि. (URL Health Care Pvt. Ltd.) को समुद्घाटन समारोह तथा नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान २०८१ को अवसरमा निशुल्क स्वास्थय जाँच एंव परिक्षणमा २०% छुट !!!!

🇳🇵🇳🇵🇳🇵Attention Pokhara!🇳🇵🇳🇵🇳🇵No need for hectic travel or staying away from home for quality healthcare services. 🏥✨ Ap...
15/02/2025

🇳🇵🇳🇵🇳🇵Attention Pokhara!🇳🇵🇳🇵🇳🇵

No need for hectic travel or staying away from home for quality healthcare services. 🏥✨ Apollo Hospitals Information Center is now at your service in Kathmandu and Pokhara! 🌟

Get all the healthcare information and support you need, right here at your doorstep. From expert consultations to quick assistance, we've got you covered!

For more info, visit us or contact us today! 📞

Address

Pokhara-12, Hospital Chowk
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Apollo Hospitals Information Center Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share